यी हुन् राप्रपाबाट उपनिर्वाचनका लागि छनोट भएका उम्मेदवार

यी हुन् राप्रपाबाट उपनिर्वाचनका लागि छनोट भएका उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न उप निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको संसदीय समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको हो ।

जसअनुसार राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरिएको छ ।

वैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।