पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको दाबी

पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि हुने निर्वाचनमा आफ्नो पार्टीको एकल सरकार बन्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार रहेका लामिछानेले पाँच वर्षपछि हुने निर्वाचनमा रास्वपाको नेतृत्वमा एकल सरकार बन्ने दाबी गरेका हुन् ।

आफूविरुद्ध जति मुद्दा लगाए पनि केही फरक नपर्ने उनको भनाइ छ । ६ महिनामा २० सिट जितेको छ । ५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’, उनले भने । चितवन २ मा मत माग्न घरदैलो गरिरहेका उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा रास्वपाले बाजी मार्ने बताए।

सर्वोच्च अदालतले नागरिकता विवादमा सांसद र मन्त्री पद खाइदिनुअघि सरकारमा बस्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सेवामा नलागेर जनताको काम गरेको उनको भनाइ छ। ‘३२ दिन सरकारमा बस्दा काम देखाउन कोसिस गरे । १०० दिन बस्न पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’, रविले भने ।