मधेश प्रदेश सरकारबाट एमाले बाहिरिदैँ

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिदैँ

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेले पार्टी संसदीय दलको बैठक बोलाएर मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको हो ।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने एमाले सांसद हरिनारायण महतोले जानकारी दिए । गत पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । मधेश सरकारमा एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्री छन् ।

मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् । गत पुस १० गते केन्द्रमा बनेको सत्ता समिकरण परिवर्तन सँगै एमाले सरकारबाट बाहिरिएपछि प्रदेश सरकारबाट पनि बाहिरीएको छ ।