उप-निर्वाचनले कांग्रेसलाई फाइदा, माओवादीको बिजोग !

उप-निर्वाचनले कांग्रेसलाई फाइदा, माओवादीको बिजोग !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले वैशाख १० मा उपनिवार्चनमा उम्मेदवार उठाएको छैन् । सत्तारुढ दलहरुबीचको भागबण्डाका कारण माओवादी केन्द्र वैशाख १० गते हुने ३ वटै क्षेत्रमा उम्मेदवारीविहीन बन्न पुगेको हो।

जसअनुसार माओवादीले बारा २ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बेनका छन् । नेकपा माओवादी केन्द्रले पनि श्रेष्ठलाई नै सघाउने भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन- २ बाट निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतको एक फैसलाले नागरिकता खारेजी भएपछि उनको सांसद पद पनि गयो । त्यसपछि यो क्षेत्रमा पनि उपनिर्वाचन हुन थालेको हो।

त्यस्तै तनहुँ १ मा गठबन्धनका तर्फबाट कांग्रेसकै गोबिन्द भट्टराई उम्मेदवार बनेका छन् भने माओवादी केन्द्रले पनि भट्टराईलाई सहयोग गर्ने भएको छ । तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएर रिक्त रहेको सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन गइरहेको हो।

उपनिर्वाचनमा कांग्रेसलाई फाइदा भने फाइदा भएको छ । गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा ८९ सिट जितेर नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल भनेको थियो । त्यसपछि मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरूङ्ग निलम्बित र रामचन्द्र पौडले राष्ट्रपति भएपछि हाल प्रतिनिधिसभामा कांग्रेसका ८७ वटा सांसद छन् । अब हुने उपनिर्वाचनबाट सांसद संख्या बढाउने रणनीति कांग्रेसको छ ।  वैशाख १० गते ३ वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसमध्ये सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले दुई वटा क्षेत्रमा टिकट पाएको छ भने जसपाले एक क्षेत्रमा टिकट पाएको छ ।

यता ४ मंसिरमा भएको निर्वाचनमा ३२ सिट जितेको माओवादी केन्द्रलाई भने उपनिर्वाचनमा बिजोग नै हुने भएको छ । आम निर्वाचन–२०७९ मा सात राजनीतिक दलहरुले समानुपातिकतर्फ तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको थियो । ११ लाख ७५ हजार ६ सय ८४ मत प्राप्त गरेको माओवादी केन्द्रले समानुपातिकतर्फ १२.७३ प्रतिशत अर्थात् १४ सिट प्राप्त गरेको थियो। यससँगै माओवादी केन्द्र प्रतिनिधिसभाको तेस्रो ठुलो दल बन्न सफल भयो ।

समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो बनेको सो निर्वाचनमा लोकप्रिय मतको हिसाबले माओवादी तेस्रो ठूलो दल बनेको थियो । माओवादीपछि क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी चौथो, पाचौँ, छैटौँ र सातौँ स्थानका साथ राष्ट्रिय पार्टी बन्न सफल भए। सत्ता गठबन्धनमाआवद्ध दल जसपाले उपनिर्वाचनमा टिकेट पाउँदासमेत तेस्रो ठूलो दल भए पनि माओवादी केन्द्रका उम्मेदवार कुनै पनि निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा छैनन्।