काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे उम्मेदवारीविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायमै रहेको निर्वाचन कार्यालयलले जनाएको हाे ।
मुख्य निर्वाचन अधिकृत कार्यालयलले लामिछानेविरुद्धको उजुरी खारेज गर्दै उनको उम्मेदवारी कायम गरेको छ ।
उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन-२ मा चारवटा उजुरी परेका थिए । तीमध्ये एक उजुरी काठमाडौँबाट युवराज सफलले इमेलमार्फत दर्ता गराएका थिए भने राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उजुरी दर्ता गराएका थिए।




प्रतिक्रिया