कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा उभिने माओवादीको निर्णय

कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा उभिने माओवादीको निर्णय

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानको पक्षमा रहेको बताएको छ । बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

पार्टी पहिचानकै पक्षमा रहेको प्रष्ट पारिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बताए। “हाम्रो पार्टी पहिचानको पक्षमा छ । पहिचानकै पक्षमा हाम्रो अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ, प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भनेर रिजर्भेसन राख्ने कुरा भएको छ ।”, उनले भने ।

कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।