१ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने,अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइँदै

१ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने,अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैशाख १० गते हुने प्रतिनिधिसभाक उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ।

बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय समेत तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न प्रदान गरिनेछ ।

चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारकाे चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले यी क्षेत्रहरुमा उपनिर्वाचन गर्न लागिएको हो।