काठमाण्डु – सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई थप परिमार्जन गरेर सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम बिहीबार (आज) सार्वजनिक गर्न लागिएको हो ।
कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनकाे बैठक बसेर अन्तिमम रुप दिइनेछ ।आज बस्ने गठबन्धनकाे बैठकले अनुमाेदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।




प्रतिक्रिया