काठमाण्डु- सत्ता गठबन्धनको बैठकले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीवार बिहान बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बालुवाटारको बैठकमा गठबन्धनका दलहरुबीच सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जनाइएको छ ।
त्यसै गरी आज बसेको बैठकमा सत्ता गठबन्धन दलहरुले सरकारलाई पुर्णता दिनेबारे भने छलफल गरका छैनन् । हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुइ दिनभित्र सरकारले पूर्णता पाउने बताएका थिए ।




प्रतिक्रिया