काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फुर्सद देखेर आफू अचम्मित भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘कहिले काँही मलाई कार्यक्रमको निम्तो आउँछ, म ब्यस्त छु भनिरहेको हुन्छु, तर प्रधानमन्त्रीलाई बोलाएका छौँ, प्रधानमन्त्रीले समय दिनुभएको छ । तपाईँ प्रधानमन्त्रीभन्दा पनि व्यस्त भनेर मप्रति प्रश्न उठाउँछन्,’ थापाले भने, ‘मेरो प्रधानमन्त्रीको यति धेरै फुर्सद देखेर म छक्क परिरहेको छु ।’उनले प्रधानमन्त्री दाहाल अहिलेसम्म निर्देशन र घोषणामा अल्झिरहेको भन्दै निर्देशन र घोषणा गरेर सुधार हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे ।




प्रतिक्रिया