काठमाण्डु- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन्। तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको बताएका हुन् ।
‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ,’ श्रेष्ठले भने। अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए।
अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उनको भनाइ छ। ‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ।’, श्रेष्ठले भने ।




प्रतिक्रिया