दुर्गा प्रसाईंसँग २ करोड मागेका रास्वपा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण माग

दुर्गा प्रसाईंसँग २ करोड मागेका रास्वपा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग माग गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई निलम्बन गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

छानबिन प्रक्रिया पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्य हैसियतले पनि काम नगर्न/नगराउन निर्देशन दिइएको छ । साथै, उनलाई २४ घण्टे स्पष्टीकरण पनि सोधिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। पार्टीले उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको बताएको छ।

आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेको सुन्न सकिन्छ ।

अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन ?’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।’