सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको घोषणाप्रति गृहमन्त्री श्रेष्ठको आपत्ति

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको घोषणाप्रति गृहमन्त्री श्रेष्ठको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाण्डु महानगरलाई आग्रह गरेका छन् ।

सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाण्डु महानगरलाई आग्रह गरेका हुन् ।

त्यस्तै गृहमन्त्री श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाण्डु महानगर प्रमुखले भन्न मिल्छ भन्दै प्रश्न गरे । ‘‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन? तपाईंहरूलाई के लाग्छ? । अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन?’, उनले प्रश्न गर्दै भने ।

मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए ।