काठमाण्डु- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताएका छन् ।
सोमबार संसद्को विशेष समयमा बोल्दै एमाले प्रमुख सचेक गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिने बाहेक अरु केही काम गर्न नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड संसद्प्रति जवाफदेही नभएको उनको भनाइ छ ।
‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर,उपलब्धी केहि हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन ।’, उनले भने ।
‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त्री ज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?’




प्रतिक्रिया