आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् ।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक बृदीदर घटेकाे, आयातकाे मात्रा बढेकाे तर निर्यात घटेकाे, राजश्व कम उठेकाे लगायतकाे समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।

अर्थमन्त्रीमा डा. प्रकाश शरण महत आएपछि लगानीकर्तादेखि उद्यमी व्यवसायीले ब्याज दर घटाए मात्र आर्थिक संकट टर्ने सुझाब दिइरहेका छन्। अर्थमन्त्री महतले पनि गभर्नरसँग यसबारेमा छलफल गरेका थिए।