काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका हुन् ।
‘सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ । अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन् । नेकपा एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ । संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ’ उनले भने, ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो कि नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ति हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो । क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भने मान्ने हो, सैह्य हुँदैन भने बदल्ने हो ।’, उनले भने ।
उनले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गरेका छन् ।




प्रतिक्रिया