काठमाण्डु- रोजगारीका लागि दक्षिण कोरिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सयौं युवालाई ठगी गरेको आरोपमा काठमाण्डु महानगरपालिका १४ घर भई हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो ।
अमेरिका र दक्षिण कोरियामा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेर सम्पर्कविहीन भएको उनीमाथि आरोप लागको छ । वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।




प्रतिक्रिया