पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियाे : ढाकाकुमार श्रेष्ठ

पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियाे : ढाकाकुमार श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । तर, अडियो वास्तविक नभएको उनले दाबी गरे ।

रास्वपाको बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् ।

श्रेष्ठले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु सुनियोजित भएको दाबी समेत गरे । ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’

पार्टीले आफूलाई निलम्बन गरेको भन्दै उनले त्यसलाई स्वागतयोग्य भएको समेत बताए।