काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जोडेर नकारात्मक प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् ।
उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् ।
बुधबारराति सामाजिक सञ्जालमा उनले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोखेका हुन्। ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’
उनले अगाडि भनेका छन्, ‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’ बिना कारण बद्नामी र तनाव सहनु परेको भन्दै लामिछानेले भनेका छन्, ‘न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं।’




प्रतिक्रिया