युवा संघको अध्यक्षमा थेवे सर्वसम्मत, महासचिवमा पुरीः को-को अटाए पदाधिकारीमा ?

युवा संघको अध्यक्षमा थेवे सर्वसम्मत, महासचिवमा पुरीः को-को अटाए पदाधिकारीमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मतिबाट चयन भएका छन् । एमालेका युवा नेता रविन्द्र लम्सालका अनुसार निवर्तमान महासचिव थेवेलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको हो।

निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दावी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो । रावललाई पार्टीले उचित जिम्मेवारी दिने सहमति भएको छ ।

त्यस्तै सुमन पुरी महासचिवमा चयन भएका छन् । महासचिवमा अञ्जना अधिकारीको पनि दावी थियो। निरन्तरको छलफल र वार्तापछि सबै पदमा सर्वसम्मत गरिएको छ ।

यी हुन् पदाधिकारी

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा

सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई

लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव

अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव

निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव