काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी सुदर्शन सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सिलवाल चैत्र २४ गते उपरथीमा बढुवा भएका थिए ।
बढुवा भएका उपरथी सिलवाल सैनिक गुप्तचर ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन्। सेनामा सैनिक गुप्तचर (इन्टिलेन्स कोर) लाई निकै महत्त्वपूर्ण मानिन्छ।
कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका ३ (तीन) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया