सिंहदरबारमाथि बालेनको निरन्तर प्रहार, काठमाण्डुको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सरकारलाई चुनौती

सिंहदरबारमाथि बालेनको निरन्तर प्रहार, काठमाण्डुको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सरकारलाई चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरलाई सहयोग नगरेको भन्दै राजनीतिक रुपमा आक्रामक स्टाटस लेखिरहेका छन् । मेयर शाहले संघीय सरकारका १४ वटा मन्त्रालयले काठमाण्डु महानगरलाई सहयोग नगरेको भन्दै नेताहरुमाथि समाजिक सञ्जालमार्फत प्रहार गरिरहेका हुन् ।

मेयर बालेनले आइतबारबाट सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन् । बालेनको निर्देशनमा महानगले सिंहदरबार क्षेत्रको फोहोर हालसम्म उठाएको छैन । मेयर बालेनको सिंहदरबारको फोहोर नउठाउने निर्णयप्रति सांसद, मन्त्री लगायत राजनीनिक दलका नेताहरुले चर्को विरोध गरिरहेका छन् ।

मेयर बालेन पछिल्लो समय अराजक बन्दै गएको टिप्पणी नेताहरुले गरिरहेका छन् । बालेनलाई अराजक बनेको संज्ञा दिइरहेका बेला उनले नेताहरुमाथि एक पछि अर्को प्रहार गरिरहेका छन् । उनले आफ्नो फेसबुकबाट सरकार र नेताहरुबीरुद्ध आक्रामक स्टाटस लेख्न बन्द गरेका छैनन् ।

बालेनले आफ्ना माग सम्बोधन नभएसम्म सिंहदरबार लगायतका स्थानको फोहोर नठाउने चेतावनी दिएका छन् । उनी आफ्नो अडानबाट पछि पनि हटेका छैनन् । यसैबीच मेयर शाहले आज पनि फेसबुकमार्फत सिंहदरबारमाथि प्रहार गरेका छन् ।

उनले काठमाण्डु महानगरको हितमा काम नगर्ने सिंहदरबार अन्य पालिकामा सार्न सरकारलाई आग्रह गरेका छन् । उनले  ‘कि काठमाण्डुको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्’ भन्दै सरकारलाई चुनौती दिए।

‘कि काठमाण्डुको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाण्डु बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’, उनले फेसबुकमार्फत भनेका छन् ।

यसभन्दा अघि पनि मेयर बालेनले राजनीतिक रुपमा आक्रामक स्टाटस लेखेका थिए । उनले देश सफा गर्न परे नेताहरुलाई डम्पिङ साइटमा लैजानुपर्ने भन्दै आक्रामक स्टाटस लेखेका थिए । ‘‘आजबाट सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’, उनले फेसबुककमा लेखेका थिए ।

यता सरकारले भने मेयर साहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको थियाे । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डु उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको थियो ।