काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर दैनिकले समाचारको नाममा भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । कान्तिपुरले ‘रविको फास्ट ट्रयाकः ७ दिने बोलपत्र गरेर ठेक्का’ शीर्षकको समाचार छापेको थियो ।
समाचारमा भनिए जस्तो अवस्था नभएको तथ्य समाचारले नै स्पष्ट पारेको बताउँदै रविले उक्त समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।
राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीले पाएको र एउटा विदेशी कम्पनीको नेपाली एजेन्टलाई यस्तो इजाजत दिने निर्णय रास्वपाका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको तेस्रो दिन थालेर उनको बहिर्गमनको अघिल्लो दिन सकिएको भन्दै कान्तिपुरले समाचार लेखेको थियो ।
रविले भने उक्त कार्य आफू मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार भएको दाबी गरेका छन् । उनले गत पुस ११ गते शपथपछि सोही साँझ पदभार ग्रहण गर्दा कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने विषयमा पहिलो निर्णय गरेको बताए ।
उनले पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयबाहेक अन्य कामकारबाही आफू मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार नै भइरहेको दाबी गरे । जसअनुसार राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय पनि न्त्रालयको नियमित प्रक्रिया अनुसार भएको उनको भनाइ छ ।
‘कान्तिपुर दैनिकमा आज (३० चैत, २०७९ मा) प्रकाशित ‘रविको फास्ट ट्रयाक : ७ दिने बोलपत्र गरेर ठेक्का’ शीर्षकको समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा भनिए जस्तो अवस्था नभएको तथ्य समाचारले नै स्पष्ट पारेको छ। समाचारमा पुस १३ मा निजी कम्पनीलाई नागरिकका वैयक्ति तथा जैविक विवरण प्रमाणीकरण गर्न निजी कम्पनीलाई जिम्मा दिने कार्यविधि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको लेखिएको छ। सोही समाचारमा गृहमन्त्रीका रुपमा मेरो शपथ ग्रहण पुस ११ गते भएको भनिएको छ। पुस ११ गते शपथपछि सोही साँझ पदभार ग्रहण गर्दा कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने विषयमा पहिलो निर्णय म आफैले लेख्न लगाई हस्ताक्षर गरेको थिएँ। त्यसबाहेकका अन्य कामकारबाही म मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार नै भइरहेको थियो।’, उनले फेसबुकमार्फत भनेका छन् ।
त्यस्तै रविले कान्तिपुरले समाचारमा राष्ट्रिय परिचय पत्रको वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीको नेपाली एजेन्टलाई दिएको भनेर उक्त कम्पनीलाई म गृहमन्त्री हुँदा मात्रै भित्र्याइएको जसरी प्रचार गगरेर भ्रम फैलाउन खोजेको बताए ।
यस्तो छ रविको फेसबुक स्टाटस




प्रतिक्रिया