कांग्रेसले मन्त्रीको नाम दिए प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपरिषद् विस्तार गर्ने

कांग्रेसले मन्त्रीको नाम दिए प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपरिषद् विस्तार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझसम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिए आजै  मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएका थिए । प्रचण्डले गठबन्धन फेरेसँग नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएको थियो । त्यसपछि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले ६ चैतमा दोस्रो पटक विश्वासको मत लिए।

यसैबीच प्रचण्डले गत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपनि सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले नै आफ्नो भागमा परेका सिट संख्याअनुसार मन्त्री बन्नेहरुको नाम नपठाएपछि सरकारले पूर्णता पाउन सकेन । जसले गर्दा दोस्रो पटक सपथ लिएको एक महिना पुग्नै लाग्दा पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो ।

पहिलो चरणमा कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ सरकारमा सहभागी भएका छन् । उपसभापति खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता महत अर्थमन्त्री, नेताहरू रिजाल उद्योगमन्त्री र गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

पार्टीभित्रको विवादका कारण सबै मन्त्रीको टुंगो लगाउन नसकेको कांग्रेसले अब भने लगभग मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्री बन्ने लिष्टमा संस्थापन समूहबाट एनपी साउद र मोहनबहादुर बस्नेत रहको छन् भने । संस्थापन इतर पक्षबाट धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य रहेका छन् ।