काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।विभागका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।




प्रतिक्रिया