काठमाण्डु उपत्यका बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाण्डु उपत्यका बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वकै सबैभन्दा प्रदूषित सहर काठमाण्डु उपत्यका बनेको छ । वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाण्डु सूचीमा पहिलो नम्बरमा परेको हो ।

विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार काठमाण्डु विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ।

वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाण्डु विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको हो । प्रदूषणको हिसाबले काठमाण्डुपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन्।