सभामुखले बालकोटमा बोलाएको शीर्ष नेताको बैठकमा प्रचण्ड र देउवा गएनन्

सभामुखले बालकोटमा बोलाएको शीर्ष नेताको बैठकमा प्रचण्ड र देउवा गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

उक्त बैठकमा सहभागि हुन एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र देउवा बैठकमा नगएपछि आजको बैठक स्थगित भएको जनाइएको छ ।

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ । सभामुख घिमिरेले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत संसदमा विचाराधीन विधेयकबारे प्रमुख तीन दलबीच सहमति जुटाउन बैठक बोलाएका थिए ।