नेपालका बाँदर चीनतिर पठाउन सरकारलाई सांसद खतिवडाको आग्रह

नेपालका बाँदर चीनतिर पठाउन सरकारलाई सांसद खतिवडाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पहाडी भेगमा जनतालाई सास्ती दिइरहेका बाँदरलाई चीनतिर निकासी गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले श्रीलंकाको उदाहरण दिँदै केही बाँदर चीनतिर पठाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘भर्खरै पनि चर्चा चल्यो, देशमा बाँदर आतंक छ, मैले एउटा समाचार पढेको थिए । श्रीलंकाले बाँदर चीन निकासी गरेर बेचेछ । आर्थिक संकट परिरहेको छ, केही बाँदर चीन लैजाने व्यवस्था गरियोस् । कि मार्ने अनुमति दिइयोस्,’ खतिवडाले भने ।

पछिल्ला केही दिन श्रीलंकाले चीनलाई १ लाख बाँदर बेच्न लागेको समाचार प्रकाशन भइरहेका छन् । श्रीलंकाली कृषि मन्त्रालयले टोक मकाका प्रजातिका बाँदर चीनलाई बेच्ने प्रक्रिया अघि बढाएको जनाइएको छ। उक्त प्रजातिको बाँदर श्रीलंकाका धेरै ठाउँमा पाइए पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आईयूसीएन) ले खतराको सूचीमा राखेको छ ।