शीतल निवासमा परराष्ट्रमन्त्री एनपी साउदले लिए सपथ

शीतल निवासमा परराष्ट्रमन्त्री एनपी साउदले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्र मन्त्री एनपी साउदले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार नवनियुक्त मन्त्री साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीका रूपमा नन्दा चपाईंले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएको १०० दिनभन्दा बढी भइसक्दा पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छैन । सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनका बेला गठबन्धन फेरेर नेपाली कांग्रेसको समर्थन लिए । गठबन्धन हेरफेरकै गोलचक्करमा प्रचण्ड सरकार लामो समय अपूर्ण रहेको छ ।