सुनसरीमा प्रहरी र लघुवित्त पीडितबीच झडप, ३ जना घाइते

सुनसरीमा प्रहरी र लघुवित्त पीडितबीच झडप, ३ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  सुनसरी सदरमुकाम इनरुवामा लघुबित्त पीडित र प्रहरीबिच झडप भएको छ । पूर्वपश्चिम राजमार्गको इनरुवाको बसस्टेसन चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेका थिए ।

प्रदर्शनकारीले सडक अबरुद्ध गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।

यातायात ठप्प पार्ने प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीमाथी ढुंगामुडा भएपछी दुई जना प्रहरी र एक जना प्रदर्शनकारी महिला घाईते भएको प्रहरीले जनाएको छ।

घाईते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । झण्डै २ सय ५० जना प्रदर्शनकारीमध्ये २ सयभन्दा बढी महिला रहेका थिए । प्रहरीको संमयमताले ठुलो क्षती हुन नपाएको प्रहरीको दाबी छ ।

बिगत एक महिनायता विभिन्न लघुवित्त संस्थाबाट पिडित भएकाहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन्। यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिदै आएका छन् ।