भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा,आज उच्चस्तरीय भेटवार्ता गर्ने

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा,आज उच्चस्तरीय भेटवार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख  विजय चौथाइवाले सुदूरपश्चिम आइपुगेका छन् । दिल्लीबाट सडक मार्ग भएर चौथाइवाले उत्तराखण्ड हुँदै सुदूरपश्चिम प्रदेश आइपुगेका हुन् ।

धनगढी आएका चौथाइवाले सोमबार काठमाडौं आएर राजनीतिक भेटवार्तामा सहभागी हुने बताइएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ।

धनगढीमा उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेका छन्। यस्तै, उनलाई सुदूरपश्चिम प्रदेशका भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरेका थिए।

सुदूरपश्चिम विश्वविधालय र भारत उत्तराखण्डको कुमाउ विश्वविद्यालयको संयुक्त आयोजनामा धनगढीमा मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको हो। जसको समापनमा सहभागी हुन चौथाइवाले धनगढी पुगेका हुन्।