रवि लामिछानेका सवारी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते

रवि लामिछानेका सवारी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

आइतबार राति चितवनको भरतपुर-११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।

थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।