ठूला दलले सदस्यको नाम नपठाउँदा संसदीय समिति गठनको प्रक्रिया रोकियो

ठूला दलले सदस्यको नाम नपठाउँदा संसदीय समिति गठनको प्रक्रिया रोकियो

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरुमा पठाउने सदस्य (सांसद)को नाम टुंगो लगाएको छ। तर, ठूला दलहरुले सदस्यको नाम नपठाउँदा समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

नेपाली कांग्रेससहित ठूला दलहरुले समितिमा पठाउने आफ्ना सदस्य (सांसद) हरुको नाम नपठाउँदा समिति गठन रोकिएको छ । सत्ता गठवन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि समिति सदस्य टुंगाएको छैन ।

नियमावली पारित भएसँगै समिति गठनको वाटो खुलेको थियो। तर प्रमुख दलहरुले नाम नपठाउँदा समिति गठनमा ढिलाइ भइरहेको हो। सत्ता गठबन्धनभित्र समितिको नेतृत्वका बारेमा हालसम्म छलफल नै नभएकाले उनीहरुले नाम नपठाएका हुन्। उनीहरुले नाम पठाएपछि समितिहरुलाई पुर्णता दिने सभामुख देवराज घिमिरेको तयारी छ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले लेखा समितिको सभापति दाबी गरिरहेको छ। अन्य ९ वटा समितिको सभापति भने सत्ता पक्षीय दलहरुले पाउने देखिन्छ। एमाले समितिमा नाम पठाउन तयार भए पनि सत्ता गठबन्धनका दलहरु भने वैशाख १० गते हुने उपनिर्वाचनपछि समिति गठन गर्ने मनस्थितिमा छन्।

रास्वपाबाट संसदीय समितिमा रहने सांसदहरुः
अर्थ समितिस् विराजभक्त महर्जन, हरि ढकाल
अन्तर्रास्ट्रिय सम्बन्ध समितिस् शिशिर खनाल
उधोग तथा वाणिज्य र श्रम तथा हित समितिः गणेश पराजुली
कानुन न्याय तथा मानव अधिकार समितिः शोभिता गौतम, सन्तोष परियार
कृषि, सहकारी तथा प्राकृतिक स्रोत सिमितिः अशोक चौधधरी, विनिता कठायत
महिला तथा समाजिक मामिला समितिः लक्ष्मी तिवारी
राज्य व्यवस्था तथा शुसासन समितिः डोलप्रसाद अर्याल, चन्दा कार्की
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिः तोषिमा कार्की, सुमना श्रेष्ठ