प्रधानन्यायधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने तिन दलबीच सहमति

प्रधानन्यायधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने तिन दलबीच सहमति

फाइल तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति भएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको तीन दलको बैठकमा तत्कालै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

आजको बैठकमा अध्यक्ष ओली, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको जनाइएको छ ।

साथै बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ। संसदीय समितिलाई पूर्णता दिन पनि तीन दल सहमत भएको जनाइएको छ ।