काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
उक्त बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने जनाइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
बैठक आह्वानका लागि सोमबार बिहान बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।
बालकोटको बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।




प्रतिक्रिया