सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने निर्णयविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने निर्णयविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै काठमाण्डु महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।

सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाएर अदालतमा रिट दर्ता गरेका थिए । फोहोर उठाउने निर्णयबाट महानगर पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।