ओमानविरुद्ध कुशल मल्लको अर्धशतक

ओमानविरुद्ध कुशल मल्लको अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी एसीसी प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्लले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस रोजेर फिल्डिङ रोजेपछि घरेलु टिम ब्याटिङमा उत्रिएको थियो। दुवै ओपनरलाई शुन्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ३० बलमा ६ चौका र एक चौकासहित इनिङको पहिलो अर्धशतक जोडेका हुन्।

उनीसँगै क्रिजमा रहेका आरिफ शेख ३८ बलमा २७ रन बनाएर खेलिरहेका छन्। यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए।

मल्लको अर्धसतकसँगै नेपाल लयमा पनि फर्किएको छ। अहिले क्रिजमा मल्ल र आरिफ शेख छन्। पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।