जसपाका कार्यकर्ताले काट्ने धम्की दिए: सीके राउत

जसपाका कार्यकर्ताले काट्ने धम्की दिए: सीके राउत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ कब्वा गरेको बताएका छन् ।

बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४ ५ वटा मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।

‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ । हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’,उनले भने ।

त्यस्तै बुथ कब्जा गर्ने कार्यमा प्रहरी प्रशासनको पनि मिलोमतो रहेको उनले दाबी गरे । ‘ बुथ कब्जा गर्ने कार्यमा प्रहरीको पनि मिलेमतो रहेको देखिन्छ । अर्को कुरा जसपाका कार्यकर्ताले काट्ने धम्कीसमेत दिएका छन् ,’ राउतले भने ।