चितवनको सर्वदलीय बैठकमा कांग्रेस-एमाले एकै ठाउँमा उभिए, रविलाई कारवाही गरेमात्र मत गन्न दिने

चितवनको सर्वदलीय बैठकमा कांग्रेस-एमाले एकै ठाउँमा उभिए, रविलाई कारवाही गरेमात्र मत गन्न दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन-२ मा भएको उपनिर्वाचन अन्तर्गत मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच सहमति जुट्न सकेको छैन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा मतगणना गर्नेबारे सहमति जुट्न नसकेको हो । उक्त बैठकमा कांग्रेस-एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि निर्णय नभएसम्म मतगणना हुन नदिने अडान राखे । रविले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारबाही गर्नुपर्ने कांग्रेस एमालेलेको माग छ ।

कांग्रेस एमालेले उक्त अडान राखेपछि बैठकमा दलका प्रतिनिधिहरुबीच भनाभन भएको छ । कांग्रेसले हिजो साझैँ रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि निर्णय नभएसम्म मत गणना हुन नदिने चेतावनी दिएको थियो ।

चितवन २ मा रास्वपाका उम्मेदवार लामिछानेले मतदानस्थलहरु निरीक्षणका क्रममा मतदातालाई प्रभावित गर्ने उद्देश्यले कार्यकर्तामार्फत हुलहुज्जत गराएको भन्दै कांग्रेस प्रतिनिधिले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।