अग्रज नेताको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

अग्रज नेताको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन् ।

साेमबार भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १०० औँ जन्मजयन्ती कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

सभापति देउवाले भने, “पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।”

स्व. आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताए ।