बारामा अग्रता बढाउँदै उपेन्द्र यादव

बारामा अग्रता बढाउँदै उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७०० मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११ सय ७४ मत प्राप्त गरेका छन्।