काठमाण्डु – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३१०१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६०६७३ मत गणना भएको छ ।
लामिछाने ३५१४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७७८७ मत प्राप्त गरेका छन् ।
योसँगै लामिछानेको जित निश्चित भएको छ । अब चितवन-२ मा १७ हजार ६ सय ४ मत गन्न मात्र बाँकी छ ।




प्रतिक्रिया