काठमाण्डु- गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न दाबी पेस गर्नुपर्ने हुन्छ । सोही अनुसार प्रदेश प्रमुख पृथ्वीमानले ३ दिन भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत दिन प्रस्ताव गरे । तर, संसदमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि उनी नेतृत्वको गण्डकी सरकार ढलेको थियो ।




प्रतिक्रिया