निर्वाचित भएपछि रवि लामिछानेले भने- सुशासनको एजेन्डामा टेकेर समृद्धिको बाटो तय गर्छु

निर्वाचित भएपछि रवि लामिछानेले भने- सुशासनको एजेन्डामा टेकेर समृद्धिको बाटो तय गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए ।

उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।”

पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

उनले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।”