प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न माग

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न माग

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरेका हुन् ।

भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उनले हालसम्म भारत भ्रमणको मितिसमेत तय भइनसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाए । ‘संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उनले भने ।

भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताए ।