उपनिर्वाचनले कांग्रेसलाई दिएको शन्देश- चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने

उपनिर्वाचनले कांग्रेसलाई दिएको शन्देश- चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाई चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन् ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थापित गर्नुपर्ने सन्देश जनाएका हुन् ।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

त्यस्तै उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताए ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डर बनाएर खटाएको थियो ।