काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ औं स्मृति दिवसको अवसरमा सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्प गुच्छा अर्पण गरेका हुन् । त्यहाँ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाण्डुको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।




प्रतिक्रिया