सत्ता गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लगिरहेको छ: ईश्वर पोखरेल

सत्ता गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लगिरहेको छ: ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको बताएका छन् ।

बुधबार मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् ।

‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’, उनले भने ।

यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको पोखरलेको भनाइ छ ।