पार्टी संगठन विस्तारमा सक्रिय हुन रास्वपाको अपिल

पार्टी संगठन विस्तारमा सक्रिय हुन रास्वपाको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले उप–निर्वाचनमा प्राप्त सफलताले निष्क्रिय हुने छुट नभएको भन्दै पार्टी संगठन विस्तारमा सक्रिय हुन अपिल गरेको छ।रास्वपाका महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै निष्क्रिय हुने छुट नभएको टिप्पणी गरेका हुन्।

‘अहिलेको यो सफलतासँगै पार्टी निर्माण गर्दै राष्ट्र निर्माण गर्ने राष्ट्रिय दायित्व हामी सामु भएकाले निष्क्रिय रहने छुट हामीलाई छैन। जनमतले गरेको अपेक्षा अनुरुप हामी निरन्तर क्रियाशील रहनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः पार्टीको संगठन विस्तारको कार्यलाई यथाशिघ्र अगाडि बढाउनु हुन सम्पूर्ण पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरु र पार्टी सदस्य साथीहरुलाई हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शुभेच्छुकहरु पार्टी निर्माण प्रक्रियामा सहयोगी भइदिनुहुनसमेत अपिल गर्दछौं।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्रका पार्टी सदस्यहरुबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरी समितिमा रही काम गर्न चाहनेहरुका लागि यही वैशाख ३१ गतेसम्म आवेदन दिन पनि आह्वान गरेको छ।

सबै इच्छुक पार्टी सदस्यहरुले पार्टीको आधिकारिक रुपमा आवेदन फारममार्फत् निवेदन दिन आग्रह गरेको छ।