अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने प्रचण्ड सकारको विरोधमा उत्रिन शेखर कोइरालाको आह्वान

अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने प्रचण्ड सकारको विरोधमा उत्रिन शेखर कोइरालाको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारको कदम गलत भएको बताएका छन् ।

बिहीबार समाजिक सञ्जाल ट्वीटरमार्फत डा. कोइरालाले अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारको तयारीको विरोध जनाएका हुन् । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने तयारी गरेको बताउँदै उक्त कदमको विरोध गर्न आह्वान गरेका छन् । मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नामम पैसा बाँड्ने कार्य स्वीकार्य नहुने डा. कोइरालाको भनाइ छ ।

‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ उनले ट्वीटरमार्फत भनेका छन् । कोइरालाले माअ‍ोवादी नेतृत्वको सरकारको यस्ता कामको विरोध गर्नुपर्ने बताए ।

‘माओवादी नेतृत्वको सरकारको यस्तो कामको विरोध गरौँ, राकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन रोजगारि दिउँ ।’, उनले भने ।

यता सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरिसकेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो ।

कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने र लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ ।

त्यसपछि जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने सरकारको तयारी छ ।